• २०७७ कार्तिक ९ गते आइतवार

वास्तविकता

मन्दाक्रान्ता छन्दमा

माछो माछो भनदा भनदै च्यपियो भ्यगुतो नै।
बाँचौं बाचौं भनदा भनदै काल घुस्यो लुतो झैं ।।

बोल्दा बोल्दै मुख थुनिदियो बन्द भो बोलि सारा ।
सारा सारा पर पर भये भेट्न पायेनन् प्यारा ।।

कस्तो कस्तो दिनहरु पनी देख्नु पर्दो रहेछ ।
भोग्नै पर्ने जसरि भएनी जीन्दगी के भयेछ ।।

बन्धू बान्धव् पर पर भये हुन्न भेट् नै सजीलै ।
भेट्नू पर्ने नियम छ कडा कुर्नु पर्नेछ धेरै ।।

नाका बन्दी सबतिर हुँदा बस्नु पर्ने घरैमा।
यस्तै उस्तै गरदै बसदै दैवको नै भरैमा ।।

आफ्नू आफ्नू बचत सबले गर्नु पर्नेछ ऐले ।
आदेश् मानी अब चुप बसौं मित्र हो जानि ऐले ।।

-राउते रूम्तेक, पूर्व सिक्किम

प्रतिक्रिया दिनुहोस