• २०७७ कार्तिक १३ गते बिहिवार

नेपाल जान बस चढेका यात्रुहरु मुम्बईमा अलपत्र

शनिवार पुनाबाट २० जना यात्रुहरु बोकेर नेपाल हिडेको बस भिवंडीमा रोकिएपछि यात्रुहरु अलपत्र परेका छन्।

नेपाल जान तयारी हालतमा रहेका पुना र मुम्बई आसपास करिब ७५ जना यात्राहरु अहिले अब्यवस्थित तरिकाले बसिरहेका छन्।

यस सन्दर्भमा भारतका लागि नेपाली दूतावास दिल्लीले चासो देखाएपनि उनीहरुको नेपाल जाने कुनै ब्यबस्था गरिएको छैन। कोराना महामारीका समयमा सामाजिक दुरी कायम राख्नु पर्ने ठाउँमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस रोकिएको बताइएको छ।

प्रवासी नेपालीहरु अलपत्र पर्नुमा बस एजेन्टहरुको कमजोरी रहेको यात्रुहरुले बताएका छन्।
अलपत्र यात्रुहरु यस्तो अवस्था छन् – तस्बिर

प्रतिक्रिया दिनुहोस