• २०७७ कार्तिक ९ गते आइतवार

एमसीसी पास गर्ने सर्तमा भीम रावललाई मन्त्री बनाउँन कांग्रेसको सुझाव !

नेपाल कम्युनिष्ट पार्टी नेता भीम रावल अमेरिकी परियोजना च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सुरु देखि नै विरोधमा देखिएका छन्। पूर्वमन्त्री समेत भइसकेका रावलले एमसीसीका धेरै प्रावधान देशको हितमा नभएको बताएका छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमसीसी जसरी पनि पास गर्ने रणनीतिमा लागेको छ। यसको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, हाललाई मौन देखिएपनि प्रचण्ड लगायतका नेकपा नेताहरु रहेका छन्।

नेकपाभित्र अधिकांश नेताहरु एमसीसी पास गर्ने पक्षमा देखिएपनि भीम रावल, देव गुरुङ लगायतका नेताहरु विपक्ष देखिएका छन्। रावल लगायतका नेताहरु विपक्षमा देखिएपछि एमसीसी पारित हुन भने सरकारलाई तनाब पर्ने छ। एमसीसी पास गर्ने सर्तमा भीम रावललाई मन्त्री बनाउँन कांग्रेसले सुझाव दिएको कांग्रेस निकट स्रोत बताएको छ।

के भीम रावल एमसीसी पास गर्ने सर्तमा मन्त्री बन्र्लान् त ?

प्रतिक्रिया दिनुहोस