• २०७७ कार्तिक ६ गते बिहिवार

जम्मु–कश्मिर भिडन्तमा भारतीय सेनामा कार्यरत गुल्मीका दिपक कार्कीको मृत्यु

पाकिस्तानी सेनाले राजौरीको नौशेरा क्षेत्रको कठुआमा गरेको गोलाबारीमा गोर्खा राइफल्समा कार्यरत एक नेपालीको मृत्यु भएको छ। 

कन्ट्रोल लाइन (एलओसी) छेउमा गोली प्रहार हुँदा गुम्मी तम्घासका दिपक कार्कीको मृत्यु भएको हो। 

भारतीय सरकारका अनुसार अन्तर्राष्ट्रिय सीमा (आईबी) नजिक पाकिस्तानी सेनाले अन्धाधुन्ध गोली चलाउँदा डिउटिमा खटिएका कार्कीको मृत्यु भएको हो।  

भारतीय एक अधिकारीले भने,‘ पाकिस्तानले बिहान साढे ३ बजे नौशेरामा गोली चलाएका थिए भने कृष्ण घाटीमा मोर्टार गोली प्रहार गरेका थिए। यसपछि उनीहरुले पुनः गोलीबारी शुरू गरेका थिए। यसमा नौशेराका एक जवान गम्भीर घाइते भए र उनको उपचारको क्रममा मृत्यु भयो।’ 

कठुआ जिल्लाको हीरानगर सेक्टरको करोलमात्राई क्षेत्रमा पाकिस्तानी सेनाले बिहान १ बजेतिर गोलीबारी गरेका थिए जुन बिहान साढे ३ बजेसम्म चलेको थियो।

यस महिना मात्रै पुछं र राजौरीको क्षेत्रमा गोलीबारीमा परि मारिने सैनिकको संख्या ४ पुगेको छ। ४ र १० जूनमा राजौरीमा दुई सैनिक मारिएका थिए। यसपछि १४ जूनमा पुंछ जिल्लामा एक सिपाही शहीद भए। १० जूनसम्म जम्मू–कश्मिरमा पाकिस्तानी सेनाले २ हजार २७ चोटि गोली चलाएका छन्।

प्रतिक्रिया दिनुहोस