• २०७७ कार्तिक १२ गते बुधवार

जम्मू-कश्मीरमा पाकिस्तानको गोलीबारी, भारतीय सैनिक दिपक कार्कीको मृत्यु

लद्दाखमा भारत–चीनबीच तनाव जारी रहेका बेला पाकिस्तानले पनि जम्मु–कश्मिरमा सक्रियता बढाउन थालेको छ। 

पाकिस्तानले सोमबार फेरि जम्मूको पुंछ र राजौरी जिल्लामा गोलाबारी गरेको छ। गोलाबारीबाट एक भारतीय सैनिकको मृत्यु भएको बताइएको छ।

भारतीय सेनामा कार्यरत दीपक कार्कीको मृत्यु भएको भारतीय संचारमाध्यमले जानकारी दिएका छन्। 

तर कार्की गोर्खा रेजिमेन्टका हुन वा भारतीय नागरिक हुन भनेर खुलाइएको छैन।

यता गोलाबारीबाट अर्का एक जवान घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस