• २०७७ कार्तिक ४ गते मङ्गलवार

चीनलाई झट्काः महाराष्ट्रले ५ हजार करोडको लगानी रोक्यो

उद्धव ठाकरे नेतृत्वको महाराष्ट्र सरकारले चिनियाँ कम्पनीसँग गरेका ५ हजार करोड भारूको सम्झौता रोकेको छ। महाराष्ट्रले चिनियाँ कम्पनीसँग यी सम्झौता हालै लगानीकर्ताहरूसँग गरेको ‘म्यागनेटिक महाराष्ट्र २.०’ सम्मेलनमा गरेको थियो।

मुख्यमन्त्री ठाकरेको निर्णय केन्द्रीय सरकारसँगको सल्लाहमा गरिएको शिवसेनाका शाखा प्रमुख राजेन्द्र थलारीले जानकारी दिए। यो सम्झौता सीमाक्षेत्रमा चिनियाँ सैनिकबाट २० भारतीय सैनिक मारिनु अघि गरिएको थियो। विदेश मन्त्रालयले चिनियाँ कम्पनीहरूसँग कुनै पनि सम्झौता नगर्न सुझाव दिएको थलारीले बताए।

प्रतिक्रिया दिनुहोस