अब हिँड्न मन छ आफैँ बन्दुक आफैँ बम बनेर
यो देशमा अत्याचार गर्ने हरुको लागी यम बनेर
बुझ्नुहोस् यहाँ प्रेममा धोका खाने हरुको लागि
अक्सर मदिरा आउने रैछ भट्टी बाट मलम बनेर ।
यो सुखले मात्र हो मलाई छुन समेत नसकेको
दु:ख त आउँछ जीवनको साथी झैँ हरदम बनेर ।
जसले मलाई हर पल हर क्षण तड्पाइ रह्यो
उसैको दिलमा बस्ने ठुलो रहर छ जखम बनेर ।
धनी मान्छेहरुको जीवन रहेछ खुसि साथ बित्ने
गरिबको जीवन चल्छ पीडा धेरै खुसि कम बनेर ।