• २०७७ कार्तिक ३ गते सोमवार

लक्ष्मणलालको चिन्ताः भारतीयले अब हामीलाई छोरी दिँदैनन् !

जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले नागरिकता सम्बन्धी प्रचलित कानुनमा परिवर्तन गर्न जरुरी नै नभएको बताए।

भारतीय सीमा क्षेत्रका सबै ठाउँमा नेपाली र भारतीयबीच विवाह हुने गरेको भन्दै उनले अब ठूलो समस्या आउनसक्ने संकेत गरे। ‘नागरिकता नै नपाउने भएपछि अब भारतीयले जानीजानी किन नेपालीलाई छोरी दिन्छन्?’ कर्णले प्रतिप्रश्न गरे, ‘सीमा क्षेत्रमा यसले ठूलो समस्या निम्तिन सक्छ।’

‘यसले मधेशको संस्कृति, हिन्दु रीतिरिवाज र नेपाल-भारत सम्बन्धमाथि ठूलो प्रहार भएको छ,’ कर्णले भने, ‘विवाह भएर आएपछि महिलाको कूल र गोत्र परिवर्तन हुन्छ, सनातनदेखि चलिआएको यो व्यवस्था तोड्न किन जरुरी पर्‍यो? चित्तबुझ्दो कारण चाहियो नि!’

प्रतिक्रिया दिनुहोस