• २०७७ कार्तिक १३ गते बिहिवार

नागरिकता विधेयकमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छ !

राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशी बुहारीलाई सिन्दुर हाल्नेबित्तिकै नागरिकता दिनुपर्ने कांग्रेसको अडानप्रति आश्चर्य जनाउँदै विरोध जनाएका छन्।

सामाजिक सञ्जाल मार्फत राप्रपा अध्यक्ष कमल थापाले भारतसँगको ‘रोटीबेटी’ को चिन्ता नेपालले मात्रै लिनु आवश्यक नरहेको बताए।

१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसँग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ बर्ष पर्खनुपर्ने थापाले जनाए।

‘३ करोड जनसंख्या हुने नेपालले ७ बर्षको आधार राख्न खोज्दा बिरोध गर्नु आश्चर्यजनक छ। के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो? यस बिषयमा काँग्रेसको ताल देखेर आश्चर्य लाग्छ, थापाले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस