• २०७७ कार्तिक १२ गते बुधवार

बाँदरको हातमा नरिवल र देउवाको हातमा कांग्रेस उस्तै-उस्तै हाे !

नेपाली कांग्रेस निकट प्रवासी नेपालीहरुकाे साझा चाैतारी – नेपाली जनसम्पर्क समिति भारतका युवा नेता छक्क बहादुर विष्टले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाप्रति खराे टिप्पणी गरेका छन्। विष्टले बाँदरको हातमा नरिवल र शेर बहादुर देउवाको हातमा नेपाली कांग्रेस उस्तै-उस्तै भएको उल्लेख गरेका छन्।

विष्टले फेसबुकमा यस्तो लेखेका छन् – म नेपाली कांग्रेस मात्रै हुँ। कुन गुटमा पर्छु, पर्दैन त्यो मलाई केही थाहा छैन। थाहा छ त केबल नेपाली कांग्रेस हुँ भन्ने! तर, बाँदरको हातमा नरिवल र शेर बहादुर देउवाको हातमा नेपाली कांग्रेस एउटा एउटै देखिन्छ। माफ गर्नुहोला यदि कसैको चित्त दुखेमा – जय नेपाल !

विष्टले सामाजिक सञ्जालमा राखेको उनकाे निजी विचार हाे।

प्रतिक्रिया दिनुहोस