• २०७७ कार्तिक ४ गते मङ्गलवार

नागरिकताका सन्दर्भमा: राजा महेन्द्रभन्दा केपी ओली “राष्ट्रवादी”

संसदको राज्य व्यवस्था समितिबाट नागकरिकता विधेयक बहुमतले पारित भएपनि प्रधानमन्त्री केपी शर्मा ओली पुनः चर्चामा आएका छन्। विदेशी महिलालाई विवाह गरेर ल्याएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउँने निर्णय झट्ट हेर्दा नेपाल कम्युनिष्ट पार्टीको देखिएपनि यसको भित्रि रुप प्रधानमन्त्री ओली हुन् भन्ने तर्कमा दुईमत छैन।

तत्कालीन राजा महेन्द्रले विवाह गरेर आए लगत्तै नागरिकता पाउँने व्यवस्था गरेका थिए। राजा महेन्द्र राष्ट्रवादी मानिन्छन्। उनको राष्ट्रवादमा अहिलेपनि निकै चर्चा हुने गरेको छ। तर, राजा महेन्द्रलाई समेत चुनौति दिदै प्रधानमन्त्री ओलीले नागरिकता बारे आफ्नो अडान कायमै राखे। र, नागरिकताका सन्दर्भमा राजाभन्दा ओली नै राष्ट्रवादी देखिएका छन्।

ओलीको दरिलो अडानले नेकपामा समेत स्थान पाये र नेकपाको सचिवालय बैठकले समेत पारित गरेको थियो। ओलीको स्पष्ट अडानले विदेशी महिलालाई विवाह गरेर ल्याएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउँने नागरिकता ऐन विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले महुमतले पारित भयो। यो दृश्यले राष्ट्रवादी राजा महेन्द्र भन्दा ओली झन् राष्ट्रवादी देखिएका छन्।

प्रतिक्रिया दिनुहोस