सशस्त्र प्रहरी बलको सीमा गस्ती टोली पहिलो पटक नेपाली भूमि कालापानीको १ नम्बर पिलर पुगेको छ।
केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्टको टोली १ नम्बर पिलर पुगेको बताइएको छ। यसअघि सशस्त्र प्रहरी बलको टोली छाङ्गुर आउट बोर्डर आशपास मात्रै गस्ती गर्ने गरेको थियो।
केहि दिन अघि नेपाली सेनाका प्रधानसेनापति पू्र्णचन्द्र थापा र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालको छाङ्गुर भ्रमणपछि सशस्त्र कालापानीको १ नम्बर पिलर पुगेको हो।