• २०७७ कार्तिक ४ गते मङ्गलवार

ओलीको अर्को जितः विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने विधेयक बहुमतले पास

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने विधेयक बहुमतले पास गरेको छ।

समितिको बहुमतले यसलाई पारित गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिएकी छन्।प्रस्तावको पक्षमा नेकपाका सांसदहरू थिए भने प्रतिपक्षी दलका सांसदहरूले यसमा असहमति जनाएका छन्।

विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यबस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको दह्रो अडान थियो।

प्रतिक्रिया दिनुहोस