• २०७७ कार्तिक ९ गते आइतवार

भारतीय कांग्रेस र पश्चिमाको डिजाइनमा प्रचण्ड, बाबुरामले नेपाली हिन्दुलाई घात गरे

हिन्दुवादी अभियन्ता तथा नेपाली कामगार सेना भारतका अध्यक्ष मास्टर थापाले नेपाल हिन्दु राष्ट्र भएपछि, आ–आफ्नो धर्म मान्न स्वतन्त्र हुने बताएका छन्। सबै धर्मावलम्बीलाई आफ्नो धर्म, संस्कार र परम्पराअनुसार चल्ने स्वतन्त्रता हिन्दु धर्मले नखोस्ने समेत थापाको भनाई छ।

नेपालमा अनेकौं प्रलोभन दिएर धर्मपरिवर्तन गराउँने अभियानमा कम्युनिष्ट–कांग्रेसहरु लागेको आरोप लगाए। भारतीय कांग्रेस, पश्चिमा शक्ति र अमेरिकन लगायतको डिजाइनमा तत्कालिन माओवादीले हिन्दुलाई घात गरेको आरोप लगाए। नेपाललाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा व्याख्या गर्नेहरू वैचारिक रूपमा दिग्भ्रमित भएको बताए। नेपाल हिन्दु अधिराज्यका रूपमा रहँदा पनि कसैको हानि–नोक्सानी नहुने र आफनै कालमा नेपाल पुनःहिन्दुराज्य हुने समेत दाबी गरे।

माओबादी पार्टी मुलधारको राजनीतिमा आएपछि नेपालको विकास ओरालो गतिमा लागेको र नेपाली–नेपालीहरु लड्नु, भिड्नुपर्ने स्थितिमा आएको बताए। माओबादी काठमाडौं छिरेसँगै देशको पहिचानमा धक्का लाग्यो, विश्वभरका हिन्दु चिन्तित भए– थापाले भने। पछिल्लो ओली–प्रचण्डको राजनीति निहित स्वार्थ र पुरानो नेपाल–भारत सम्बन्ध बिर्गाने बाटोमा हिडिरहेको उनको बुझाई छ।

प्रतिक्रिया दिनुहोस