• २०७७ कार्तिक १३ गते बिहिवार

विदेशी बुहारीलाई ७ वर्षपछि अंगिकृत नागरिकता दिने ओलीको अडानमा कांग्रेस असहमत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिमा आइतबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विवाह गरेको सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिन सकिने निर्णय गरेपछि कांग्रेसले सुशासन समितिले गर्न लागेको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी गरेको हो ।  

नेकपाको  सचिवालय बैठकले राज्यव्यवस्था समितिमा प्रस्तावित ७ वर्षे समयावधिकै पक्षमा मत जाहेर गरेपछि कांग्रेस त्यसको विपक्षमा देखिएको छ। कांग्रेस शीर्ष तहका नेताको बैठकले नागरिकता ऐन २०६३ कै व्यवस्था कायम हुनुपर्ने माग पुन दोहोर्‍याएको छ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले बहुमतबाट विधेयक राज्यव्यवस्था समितिमा पारित हुने अवस्थामा आफ्ना समिति सदस्यलाई ‘नोट अफ डिसेन्ट’ लेख्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस