जम्मू–कश्मीरमा पाकिस्तानले आइतवार नियन्त्रण रेखा नजिकै साना हतियारमार्फत आक्रमण गरेको भारतीय संचार दैनिक जागरणले बताएको छ। पाकिस्तानले राजौरी जिल्लाको नौशेरा सेक्टरमा आक्रमण गरेर युद्धविराम उल्लंघन गरेको भारतीय पक्षको आरोप छ।
पाकिस्तानले गरेको गोलीबारीबाट पाँच भारतीय नागरिक सामान्य घाइते भएको बताइएको छ।