• २०७७ कार्तिक ४ गते मङ्गलवार

डोटीमा कोरोना प्रभावित धारामा आउने भन्दै छोडेको करेन्ट लागेर मृत्यु

डोटीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका –७ की २६ वर्षीया तुल्सी थापा बाघको धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। कोरोना संक्रमितहरु धारामा नुहाउन आउने भन्दै स्थानीयले पानी ट्यांकीमा छाडेको करेन्ट लागेर उनको मृत्यु भएको स्थानीय गणेश बिष्टले बताए। 

सार्वजनिक धारामा भारतबाट आएका कोरोना संक्रमित पनि पानी भर्न आउने गरेको भन्दै करेन्ट छाडेको किमाडीले स्वीकार गरेका छन्। किमाडीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर राखेको छ। शव अहिले जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस