• २०७७ कार्तिक ९ गते आइतवार

दिलनिशानीको टिप्पणीः गरिब देशको नागरिकता लिन को आउला !

लेखक दिलनिशानी मगरले नेपालमा विहे गरेर आउने विदेशी महिललाई बच्चा हुन बितिकै नागरिकता दिनुपर्ने तर्क गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन् – नेपाल जस्तो भ्रष्टाचार, गरिब देशको नागरिकता लिन को आउला गाँठे। बरु भएकाले नि त्यागेर हिडेका छन्। विहे गरेर आउनेलाई बच्चा हुदासाथ नागरिकता दिए हुन्छ।

लेखक मगरले अहिले यो पोस्ट डिलिट गरिसेका छन्। फेसबुक प्रयोगकर्ताले उनको भनाईमा गाली–गलौज गर्न थालेपछि फेसबुकबाट हटाएको बुझिन्छ। सामाजिक सञ्जालमार्फत नै चर्चामा आएका उनी कुनै समय आफुलाई राजनीतिक विश्लेषक भन्न रुचाउँथे। सञ्जालमा उनका सर्मथक भन्दा आलोचक बढी छन्।

प्रतिक्रिया दिनुहोस