• २०७७ कार्तिक १० गते सोमवार

चीनले भन्यो- भारतीय सैनिकले उत्तेजित गरे अनि झडप भयो !

लद्दाखको सीमा नजिक भारतीय र चिनियाँ सेनाबीच भएको भिडन्तलाई चीनले ‘भारतीय सेनाको नियोजित उक्साहट’ भनेको छ।

गत सोमबारको झडपपछि चीनले पहिलो औपचारिक प्रतिक्रिया दिँदै शनिबार भारतीय सेनाले जानीजानी उत्तेजित बनाएका कारण झडप भएको आरोप लगायो।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भनेका छन्,‘भारतीय सेनाहरुले चिनियाँ भूभागमा प्रवेश गरेर आक्रमण गरेपछि हिंस्रक झडप भएको थियो।’

प्रतिक्रिया दिनुहोस