कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपालमा विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने माग राखेका छन्। अहिले सरकारले ल्याएको नागरिकता प्रस्ताव निर्णयमा नेपाली कांग्रेसको बिपति भएको जानकारी दिएका छन्।
जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग डा. कोइरालाले बिहे गरेर आउनेवित्तिकै विदेशी महिलालाई नागरिकता दिनुपर्ने बताए। विदेशी महिलाले विवाह गरेर आइसकेपछि आफ्नो नागरिकता बुझाइसकेको छभने विदेशी बुहारीलाई नागरिकता दिन केको आपत्ति – उनले प्रतिप्रश्न गरे।