• २०७७ कार्तिक १२ गते बुधवार

मुम्बई आतंकवादी हमलाका मुख्य आरोपी तहव्वुर हुसेन पक्राउ

पाकिस्तानी आतंकवादी तहव्वुर हुसेन राणालाई अमेरिकामा पक्राउ गरिएको छ। हुसेन २६/११ मुम्बई आतंकवादी हमलाका मुख्य आरोपी हुन्। हुसेन दुई दिन अघि अमेरिकाको जेलबाट रिहा भएका थिए तर, उनलाई पुनः पक्राउ गरिएको भारतीय संचारमाध्मले बताएका छन्।

हुसेन पाकिस्तानी मूलका अमेरिकी आतंकवादी डेभिड हेडलीको सहयोगी मानिन्छन्। मुम्बई आतंकवादी हमलामा महत्वपूर्ण भुमिका देखिन्छ।  सन् २००८ को नोभेम्बर २६ मा भारतको मुम्बईमा भएको आतंकवादी हमलामा १ सय ६६ जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया दिनुहोस