• २०७७ कार्तिक १५ गते शनिवार

सरिता गिरीलाई पक्राउ गर्न प्रहरीमा उजुरी, कडा कारबाहीको माग

समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीविरुद्ध प्रहरीमा उजुरी परेको छ। गिरीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको हो।

सांसद गिरीविरूद्ध दर्जन बढी अधिवक्ताले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै टेकुमा उजुरी दिएका हुन्। ‍

सांसद गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव हालेकी थिइन्। सांसद गिरीले उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुगेकाे बताएकी थिइन्। तर, प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस