• २०७७ कार्तिक ८ गते शनिवार

चीनले कब्जामा लिएका १० भारतीय सैनिक रिहा

गलवान भिडन्तको तीन दिनपछि चिनियाँ सैनिकले भारतीय २ मेजरसहित १० जवानलाई रिहा गरेको छ। रिहा हुनेहरुमा २ जना मेजरसहित १० जवान रहेका छन्।

सोमबार लद्दाखको गलवान उपत्यकाको सीमामा भएको झडपका क्रममा गिरफ्तार गरिएका १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ रिहा गरेको हो ।

मेजर जर्नेलस्तरको द्वीपक्षीय वार्तापछि चीनले आफ्नो कब्जामा रहेका भारतीय सैनिकलाई बिहीबार साँझ ५ बजेतिर रिहा गरेको हिन्दूले जनाएको छ । भारतीय सेनाले भने आफ्ना कुनै पनि सेना नहराएको र चीनको कब्जामा नरहेको बताउँदै विज्ञप्ति जारी गरेको थियो ।

सन् १९६२ को चीन भारत युद्धमा पनि चीनले भारतीय सैनिक बन्धक बनाएको थियो। उसबेला ३० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने दर्जनौं चीनको कब्जामा थिए।

प्रतिक्रिया दिनुहोस