• २०७७ कार्तिक ९ गते आइतवार

विन्दु पाण्डे स्मृति पुरस्कार बिमला गुप्तालाई

यस बर्षको विन्दु पाण्डे स्मृति महिला पत्रकारीता पुरस्कार वीरगंजकी पत्रकार विमला गुप्तालाई प्रदान गरिने भएको छ।

पत्रकार गुप्ता वीरंजबाट प्रकाशित प्रतिक दैनिक र रेडियो वीरगंजमा कार्यरत रहनु भएको छ। स्वर्गिय विन्दु पाण्डे स्मृति प्रतिष्ठानको हिजो सम्पन्न पुरस्कार छनौट समितिको बैठकले गुप्तालाई प्रदान गर्ने निर्णय गरेको हो।

पुरस्कारमा १२ हजार नगद सहित सम्मान पत्र रहेको प्रतिष्ठानका अध्यक्ष विजय भण्डारीले जानकारी दिनुभयो। गुप्तालाई आज स्वर्गिय पाण्डेको स्मृति दिवस मुल समारोहमा पुरस्कार प्रदान गरिने भण्डारीले जानकारी गराउनु भएको छ।

प्रतिक्रिया दिनुहोस