• २०७७ कार्तिक १२ गते बुधवार

अनि… एमसीसीका बारेमा गगन थापा चाहिँ बोल्नुपर्दैन ?

५० करोड अमेरिकी डलर अनुदान अर्थात् मिलेनियम च्यालेन्ज (एमसीसी) पछिल्लो समय निकै चर्चामा रहेको छ।

कांग्रेस, माओवादी गठबन्धनको सरकारले सन् २०१२ मा एमसीसीको योजना विकास गर्ने कार्यको थालनी गरेको हो। यसलाई अहिलेको सरकारले संसदबाट बहुकतले अनुमोदन गर्नुपर्ने छ। नेपाल कम्युनिष्ट पार्टी भित्र एमसीसीका बारेमा मतभिन्नता भएपनि कांग्रेस भने एक मत देखिन्छ। खासगरी नेकपा भित्र एमसीसी बारे सैन्य विषयमा लिएर धेरे विवाद देखिन्छ।

एमसीसी परियोजनामा सैन्य संलग्नता छ या छैन स्पष्ट उल्लेख गरिएको छैन। तर, युवा पुस्ताल भने एमसीसी सुन्नै चाहादैनन्। यस्तो विषयमा युवा नेताहरु किन चुपचाप छन्? युवा पुस्ताको आशा र भरोसा मानिने गगन थापा त – कहिकतै पक्ष वा बिपक्षमा बोलेको समेत देखिदैन?

अहिले चुपचाप रहेका गगन थापाहरु कुनै सयम पार्टी नेतृत्वसँग असन्तुष्ट बन्ने अवस्था आयो भने एमसीसीलाई नै लिएर सडकमा आउँने अवस्था नआओस्।

प्रतिक्रिया दिनुहोस