• २०७७ कार्तिक ४ गते मङ्गलवार

गलवान: चिनियाँ सैनिकसँगकाे भिडन्तमा ७६ भारतीय सैनिक घाइते

पूर्वी लद्दाखको गलवान उपत्ययकामा भएको झडपमा भारतीय २० सैनिक ज्यान गुमाए भने ७६ घाइते भएको बताइएको छ। घाइते सैनिकहरुकाे लद्दाखमा उपचार जारी रहेको सैनिक स्राेत जानकारी दिएकाे छ। उपचाररत सैनिकहरुकाे स्वास्थ्य अवस्था राम्रो रहेको स्रोतकाे दाबी छ।

दुबै देशका सैनिकबीचकाे गलवान भिडन्तमा भारतीय सरकारले मृतक र घाइतेबारे वास्तविकता बताएपनि चिनियाँ पक्ष भने अहिलेसम्म चुपचाप छ।

भिडन्तमा घाइते ७६ मध्ये ५८ सैनिकहरु सामान्य घाइते रहेको र उनीहरू केही दिनभित्रै कार्यक्षेत्रमा फर्किनेे बताइएको छ। अन्य सैनिकहरु समेत खतरामुक्त रहेको संचारमाध्यमकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस