• २०७७ कार्तिक ४ गते मङ्गलवार

हाम्रो जीवनमा मानसिक गुलामी छोड्न गाह्रो छ !

कति अभागी रहेछौं – हामी कथित अस्पर्श जाती भनाउदा। ब्राह्मणवादले हजारौं वर्षदेखि आजसम्म र भविष्यमा मर्नुसम्म हामीलाई मानसिक गुलाम बनाउने धेरै धर्म संस्कार संस्कृतिलाई बलियो बनाएका छन्।

यसमा मरेको मान्छेका आफन्तीलाई नानाथरीका धर्म संस्कारको निहुँमा मूर्ख बनाइ रहेका छन्। कतै तेरह दिने जुठो, कतै दस दिने जुठो, कतै पाँच दिने जुठो र कतै रामकृया भनेर तीन दिने अथवा उसैदिनमा छुईछाट गर्ने नियमावली छ। मरेको मान्छेको घरपरिवारले भोकभोकै कृया बस्नु पर्ने बाँचेको व्यक्तिको आफ्नै जान जोखिममा हाल्नुपर्ने कठोर नियम के यो हत्या होइन र ?

हाम्रा घरमा भएको मुर्दाको कर्मकाण्ड र रितिरिवाज बाहुनले गर्नुपर्ने रे ? जिउँदोमा अछुत भनेर टाढा बसाउने उसको आत्मा रुलाई रहने। अनि मरेपछि उसको आत्मा शान्तीको लागि पुजापाठ प्रार्थना गर्ने ? बाहुनलाई दक्षिणा पेटभरी भोजन, लत्ताकपडा मिठाई दियो भने हाम्रा पुर्वज स्वर्गमा पाउन्छ्न रे। अरे… जिउँदोमा पानी पिउनु धारा छुन दिएनौं, लगाएको खेती सुखशान्तिले खान दिएनौं। अहिले तिमिलाई खुवाएर हाम्रा पुर्खा स्वर्गमा के पाउने भए ? हदभयो यार मानसिक गुलामीको। हाम्रो जीवनमा मानसिक गुलामी यति रहेछन् छोड्न गाह्रो छ।

सहीरुपले भन्दा असम्भव। मैले मेरो अध्ययनमा एउटा नौलो कुरो पाएछुँ। मेरो लागी नौलो बुझाई हो। हजुरहरुले नबुझेको कुरो के होला। हामी हिन्दु धर्मबाट त्रसित धार्मिक असमानतामा अलग्गै अछुत बनाएका छौँ। हिन्दु धर्मको चौथो खम्बा भनेर अलमलमा बसेका ? बसाई रहेका समुदाय हौं। अझै धार्मिक समानता पाएका छैनौं।

हामी त उपल्ला जातहरुको सेवा गर्ने सेवक मात्र हो। यिनीहरूले दिनहुुँ सेवा पाउनु भनेर हिन्दु धर्मसंग जोडेर तिमीहरु त हाम्रा दाजुभाइ हो ? दिदिबहिनी हो – शुद्रजाती भनेको हिन्दु धर्मको चौथो मजबुत पिल्लर हो भन्दै मानसिक गुलाम बनाइरहेका छन्। हामी हिन्दु हो भने सामाजिक र धार्मिक समानता दिनुपर्छ। हैन भने गलत अवधारणा समाजमा नफैलाउँ। हामीले त मर्ने दिनमा पनि यिनैको मानसिक गुलामी सहित संसार त्याग्ने रहेछौं।

Indus velly civilization (हडप्पा सभ्यता) हाम्रा मरेका मान्छेको शव पन्चतत्वमा विलीन हुन चितामा पोल्ने चलन हैन। यो चलन आर्यहरुले वैदिक दर्शन अनुसार हुने यज्ञ जस्तो हो। यज्ञ कयौं प्रकारका हुने रहेछन्! हाम्रा पुर्वपुराकालका पुर्खा शवलाई जमिनमा खाल्डो खनेर पुर्ने गर्थे। यो हाम्रो असल संस्कृती हो संस्कारपनी हो। अब हेर्नुस् त नौलो कुरो जहाँ मेरो ध्यानाकर्षण भएको कहाँ छ त हामीलाई मर्ने बेलामा अझै चियानघाटमा चितामा पोल्ने हो। श्मशान भुमीको बाहेरी “हिन्दु श्मशान भुमी” लेखेको हुन्छ।

मन्दिरको बाहेरी गैरहिन्दु र दलित प्रवेश निषेध लेख्ने ? चियानघाट बाहेरी हिन्दु श्मशान भुमी लेख्ने ? यदी हामी अछुत जातीको हो भने हिन्दु हैनौं। हामीलाई पोल्ने संस्कारबाट हटाउने गर। हिन्दु श्मशानमा हिन्दु संस्कार अनुसार दाहसंस्कार गर्ने हो भने पुर्ण अधिकार देउँ। एकातिर हिन्दु हो भन्दैरहने किन्तु हामीले समाजिक न्याय, धार्मिक समानता नपाउने ? अथार्थ मर्नेसम्म मनोबैज्ञानिक गुलामी स्विकार्नु पर्ने रहेछ। यसलाई पनि एउटा विभेदको सुचीमा राख्न सकिन्छ..!

प्रतिक्रिया दिनुहोस