• २०७७ कार्तिक १३ गते बिहिवार

गलवान भिडन्तमा नेपाली गोर्खा नभएको पुष्टि

लद्दाखमा भारत र चिनियाँ सेनाबीच भएको हिंसात्मक भिडन्तमा मृत्यु भएकाहरुमा कोही नेपाली नपरेको पुष्टि भएको छ। 

सोमबार राति लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भारत र चीनका सेनाबीच भएको भिडन्तमा भारतीय सेनाका एक कमाण्डर र १९ जवानको ज्यान गएको थियो 

ज्यान गुमाउनेहरु १६ बिहार रेजिमेन्टका सैनिक रहेको भारतीय सेनाहरुले पुष्टि गरेको छ। नेपालीहरु भारतीय सेनामा कार्यरत रहे पनि सोमबार राति भएको भिडन्तमा गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत नेपालीहरु नरहेको सेनाका उच्च स्रोतले जनाएको छ। 

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको हो । 

दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो। चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ।

प्रतिक्रिया दिनुहोस