• २०७७ कार्तिक १२ गते बुधवार

कालापानी पुगे प्रधानसेनापति र सशस्त्रका आईजीपी

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल कालापानी पुगेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणका लागि दुवै सुरक्षा निकायका प्रमुख त्यसतर्फ प्रस्थान गरेका हुन्।

त्यसका लागि उनीहरू काठमाडौंबाट धनगढीसम्म स्काई ट्रकमा गएको गृह स्रोतले जानकारी दियो। त्यसपछि उनीहरू सेनाकै हेलिकप्टरबाट दार्चुलाको छाङरु पगेका हुन्

सीमाका विषयमा दुई ठूला छिमेकी भारत र चीनबीच तनाव बढिरहेका बेला नेपालका सुरक्षा प्रमुख भारतले नै मिचेको नेपाली भूमिको निरीक्षणमा निस्किएका हुन्।

प्रतिक्रिया दिनुहोस