• २०७७ कार्तिक १३ गते बिहिवार

कर्णाली सरकारलाई कोरोना रोकथाममा गम्भीर बन्न कांग्रेस नेता जीवन शाहीको सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली सरकारलाई गम्भीर भएर काम गर्न आग्रह गरेको छ। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा गएको टोलीले मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।

काँग्रेसले कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी प्रदेशलाई यो विपदबाट जोगाउन परीक्षणको दायरा बढाउन मागमसेत गरेको छ। संक्रमणका आधारमा प्रत्येक स्थानीय तहलाई न्यूनतम एक करोडदेखि ३ करोडसम्म बजेट उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेता शाहीले बताए। 

प्रतिक्रिया दिनुहोस