• २०७७ कार्तिक १० गते सोमवार

स्वर्गको एक टुक्रा – भारतले कब्जा गरेको नाभी, कुटी र गुञ्जी गाउँ

यो स्टोरी बिएल नेपाली सेवा नेपाल न्यूज दैनिकको सहकार्यमा तयार पारिएको हो।

भारतद्वारा अतिक्रमित दार्चुलाको व्यास क्षेत्रमा पर्ने कुटी, नाभी, गुञ्जी र कालापानीलाई समेटेर नेपालले यही जेठ ७ गते नक्सा सार्वजनिक गर्‍यो।

योसँगै पछिल्लो समय चर्चामा रहेका नाभी, कुटी र गुञ्जीका नागरिकको जनजीवन कस्तो होला भन्ने जिज्ञासा बढ्न थालेको छ। यी अतिक्रमित भूमि समेटर बनेको नयाँ नक्सा निशान छापमा राख्न संविधान संशोधनविधेयक पारित भइसकेको छ। यसका लागि नेपालका सबै राजनीतिक दल एकैठाउँमा उभिएका छन्।

इतिहासविद्हरूका अनुसार भारत सरकारले २०३५ सालदेखि नाभी, कुटी र गुञ्जीअतिक्रमणमा परेकाे हाे। राज्यकाे उपस्थति बलियाे नहुँदा भारतीय सरकारले त्यहाँ बसाेबास गर्ने साैका जातिलाई विभिन्न सरकारी सेवा र सुविधा दिएर जमिनकाे भोगचलन गर्न सुरू गरेको हो। यी तीन गाउँमा भारत सरकारले निःशुल्क पेट्रोल, स्वास्थ्य, शिक्षा, तथा रासन कार्ड र रोजगारीको सुविधा उपलब्ध गराउँदै आएको छ। 

उक्त क्षेत्रमा पाँच वटा सैनिक ब्यारेक र हेलिप्याडसमेत निर्माण भइसकेका छन्। स्कुल तथा बाटोको सुविधा पनि उपलब्ध छ। यस्तै खानेपानी र खेल मैदानलगायतका संरचनाकाे निर्माण भारतले गरेकाे छ।

पुरा न्यूज स्टोरी पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस