• २०७७ कार्तिक १४ गते शुक्रवार

अपराधीको कुनै जात, धर्म र वर्ग हुदैँन !

अपराधी भनेको अपराधी हो। उनको कुनै जात, धर्म र वर्ग हुदैँन। मात्र उ अपराधी हुन्छ। कैलाली लम्की बलात्कार प्रकरणमा अनुसन्धानले सत्य–तथ्य बाहिर जसरी पनि ल्याउनुपर्यो।

घटनामा संलग्न तीन जना दोषी भएको पाइएमा नेपालको कानुन अनुसार कडा हुनु पर्दछ। दोषीलाई कुनैपनि बहानामा छाँड्नु हुदैँ – जरुर कारवाही होस्। अन्यथा यस् प्रकरणमा राजनीती कदापि हुनु हुदैँन। यो राजनीतिक विषय पनि होइन।

हेक्का होस् अपराधीलाई कुनै राजनीतिक बिचार जोगाउँनु हुदैँन। नबराज, शम्भु, अङ्गिरा पासी र ५ जना पीडितको न्याय लम्की काण्डमा जोडी दलित अपराधी हुन् भन्ने वातावरण उभ्याउने प्रयास नहोस्। तीनै जना दोषी साबित भए दलित समाजले उत्तिकै विरोध गर्छन्। अपराधी भनेको अपराधी नै हो।

प्रतिक्रिया दिनुहोस