• २०७८ साउन १२ गते मङ्गलवार

प्रचण्डकाे दिएको अभिव्यक्तिप्रति शिव सेना नेपालको आपत्ति

शनिबार संविधान संशोधनको प्रस्तावको पक्षमा मत राख्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिमा शिव सेना नेपालले आपत्ति जनाएको छ । प्रचण्डले राजतन्त्रका बेला भारतले हडपेको जमिन गणतन्त्रले फिर्ता ल्याएर छाड्ने बताएको विषयमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले आपत्ति जनाएका हुन् ।

गणतन्त्रका नाममा विभिन्न देशसँग विक्रि भएर राजसंस्था र राष्ट्रिय एकताका प्रतीकलाई आक्षेप लगाउने कुनै आधार नभएको बस्नेतको दाबी छ । देश निर्माणको ऐतिहासिक तथ्य थाहा नपाएका प्रचण्डले मनपरी अभिव्यक्ति दिएको बस्नेतको टिप्पणी छ । उनले राजसंस्था वा राजाले भूमीको रक्षा गरेको तर प्रजातन्त्रका नाममा दलीय स्वार्थका कारण मुलुकको सार्वभौमिकता विक्रि भइरहेको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस