• २०७७ कार्तिक ४ गते मङ्गलवार

भारतीय वरिष्ठ नेता सिंहले भनेः नेपालको मुद्दालाई गम्भीररुपमा नलिनु भारतीय पक्षको कमजोरी

कांग्रेस आई वरिष्ठ नेता करन सिंहले सीमा विवादमा नेपालले उठाएको मुद्दालाई गम्भीररुपमा नलिनु भारतीय पक्षको गम्भीर कूटनीतिक कमजोरी भएको बताएका छन्।

वरिष्ठ नेता सिंह नयाँ नक्सा जारी गरेर संविधान संशोधन गर्ने कदमको असर नेपालको पक्षमा नहुने चिन्ता व्यक्त गरेका छन्।

नेपालसँग संवाद नगर्नु भारत सरकारको गम्भीर कूटनीतिक कमजोरी भएको उनले बताएका छन्। वरिष्ठ नेता सिंह सोमबार वक्तव्य जारी गर्दै यस्तो अवस्था आउन दिनु हुँदैनथ्यो भनेका छन्।

प्रतिक्रिया दिनुहोस