• २०७७ कार्तिक १२ गते बुधवार

अन्नपूर्ण पोष्ट्मा अखण्ड भण्डारी

अन्नपूर्ण पोष्ट दैनिकको प्रधानसम्पादक हरिबहादुर थापाले दिएको राजिनामा आइतबार स्वीकृत भएको छ। व्यवस्थापनले हाललाई त्यहीं कार्यरत सम्पादक अखण्ड भण्डारीलाई सम्पादकीय नेतृत्व दिएको छ।

भइरहेका सम्पादकमध्ये भण्डारी वा विकास थापा कसलाई अघि बढाउने भन्नेमा व्यवस्थापन केही दिनदेखि गृहकार्यमा थियो। तर, आइतवार भण्डारीलाई अघि सारिएको हो। भण्डारीलाई प्रधानसम्पादकको पद दिइएको छैन। प्रिन्टलाइनमा  सम्पादक लेखिने भएको छ।

प्रकाशनले आजै नयाँ नेतृत्व पाउने भण्डारीलाई स्वागत गरेको छ। राजनीति, प्रशासन, उर्जालगायत क्षेत्रमा अब्बल हरिबहादुर थापाको बहिर्गमनसँगै केही बरिष्ठ अन्नपूर्णकर्मीले स्वेच्छाले राजिनामा दिने बुझिएको छ।

अन्तराष्टिय ब्यूरो समेत हेर्ने प्रभावशाली पत्रकार चन्द्रशेखर अधिकारीले राजिनामाको घोषणा गरेका छन्।  उर्जा क्षेत्रमा एक छत्र प्रभाव जमाएका सम्पादक विकास थापाले पनि राजिनामा बुझाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस