• २०७७ कार्तिक ४ गते मङ्गलवार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३११ जनाको मृत्यु भएको हो ।

त्यस्तै अहिलेसम्म कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या अहिलेसम्म भारतमा तीन लाख २० हजार ९२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ११ हजार ९२९ नयाँ संक्रमित फेला परेका हुन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख चार हजार ५६८ संक्रमित फेला परेका छन् भने तीन हजार ८३० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस