• २०७७ कार्तिक १५ गते शनिवार

भारतको प्रतिक्रिया: समझदारीको पनि उल्लंघन

नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न नेपालले शनिबार गरेको संविधान संशोधनमा भारतले प्रतिक्रिया दिएको छ। आफ्नो केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालले संविधान संशोधन गरेको भन्दै भारतले यो मान्य नहुने बताएको छ।

संविधान संशोधन विधेयक सर्वसम्मत रूपमा पारित गरेपछि संक्षिप्त नोट जारी गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आफूहरू को समझदारी उल्लंघन गरेको र वार्तावारेको बुझाइ तोडिएको बताएका हुन्। सो नोटमा उनले नेपालले भारतीय भूमी समावेश गरेको दाबी गरेका छन्। यस विषयमा आफूहरूले विगतमा नै प्रष्ट पारेको उनको दाबी छ। 

प्रतिक्रिया दिनुहोस