• २०७७ कार्तिक १३ गते बिहिवार

नेबिसंघको आठबिस स्थनीय सरकारबिरुद्ध बिरोध प्रदर्शन

नेपाल बिद्यार्थी संघले दैलेख आठबिस नगरपालिकामा स्थानीय सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको छ। स्थानीय सरकारलाई जिम्मेवारपूर्वक उत्तरदायित्व बहन गर्न जोडदार माग गरेको छ। स्थानीय तहले कोरोना नियानत्रण गर्न सबै कार्यमा जिम्मेवारी देखाउँन नेबिसंघले आग्रह गरेको छ।

स्थानीय तहमा नेबिसंघको आन्दोलन मात्रै नभएर कोरोनाबाट नागरिकको जीवन रक्षामा सहयोग गर्न पनि तयार रहेको नेपाल बिद्यार्थी संघ आमन्त्रित केन्द्रीय सदस्य लोकेश आचार्यले जानकारी दिएका छन्। स्थानीय तहलाई नेबिसंघले दिएका सुझाव कार्यनयन नगरे अझ शंसक्त आन्दोलन गर्ने समेत चेतावनी दिएको छ। बन्दाबन्दीको नियम पालना गरेर नेबिसंघले आन्दोलन सम्पन्न गरेको हो। नेबिसंघको प्रदर्शन शान्तिपूवक र सामाजिक दुरी कायममार्फत गरिएको छ।

गाउँपालिकाले स्वाब् परिक्षण गरेर रिर्पोट नआउँदै घरमा पठाएकोप्रति नेपाल बिद्यार्थी संघ आमन्त्रित केन्द्रीय सदस्य आचार्यले आपत्ति जनाएका छन्। पहिचानको विस्वासिलो विधि पीसीआर गरेर रिपोर्ट आइसकेपछि मात्र घर पठाउन आचार्यले आग्रह गरेका छन्। विश्वब्यापी कोरोना महामारीसँग सामना गर्न गाउँपालिकाले गरिरहेका कार्यहरु अपर्याप्त र सुधार गनुपर्ने रहेको नेबिसंघले जनाएको छ।

आठबिस नगरपालिकाले ध्यानाकर्षण स्वरुप ज्ञापन पत्र समेत बुझाइएको छ। नगरपालिकाको अवस्था भयावह हुन पुगेको छ र पुरै नगरपालिका शिल गर्नुपर्ने अवस्था देखिएको नेबिसंघ आमन्त्रित केन्द्रीय सदस्य आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस