• २०७७ कार्तिक ६ गते बिहिवार

देश बेचुवाँहरुको खोजी हुनुप-यो – राजेन्द्र महतो

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले देश बेचुवाँहरुको खोजी हुनुप-यो बताएका छन्। राष्ट्रियतासँग जोडिएको अत्यावश्यक विषय भएकाले संविधान संशोधनको पक्षमा आफूहरू उभिएको उनले बताए।

लिम्पियाधुरासम्मको भूमि नेपालकै भएकाले जसरी पनि फिर्ता ल्याउनुपर्ने बताएका छन्। संविधान दोस्रो संशोधन विधेयक प्रस्तावमाथिको छलफलमा महतोले राष्ट्रियताको विषयमा कोहीसँग सम्झौता हुन नसक्ने भन्दै भूमि फिर्ता ल्याउनकै लागि सरकारलाई आफूहरूले साथ दिएको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस