• २०७७ कार्तिक १२ गते बुधवार

भीम आर्मी नेपाल एकता मिशनको अध्यक्षमा मनोज जैगडी मनोनित

भीम आर्मी नेपाल एकता मिशनको अध्यक्षमा मनोज जैगडी मनोनित भएका छन्। सबै धर्म, जात र पछाडी परेका वर्गहरुको एकता र सहयोग गर्ने उदेश्यले स्थापित भीम आर्मी भारत एकता मिशनका राष्ट्रिय अध्यक्ष राकेश कुमार दिवाकरले जैगडीलाई अध्यक्षमा नियुक्ती गरेका हुन्।

गरिब तथा कमजोर वर्गका मानिसहरुलाई एकताबद्ध गरेर संगठनमार्फत सहयोग र सहकार्य गर्ने भीम आर्मी भारत एकता मिशनका राष्ट्रिय अध्यक्ष दिवाकरले अपेक्षा गरेका छन्। नेपालका सबै पदाधिकारीहरुको नियुक्ती पत्र र प्रमाण पत्र प्रधान कार्यालय गरिमामय पदमा मनोनित भएका मैनपुरीबाट जारी हुने बताइएको छ।

भीम आर्मी नेपाल एकता मिशनको अध्यक्ष जस्तो गरिमामय पदमा मनोनित भएकोमा अधिकारकर्मी तथा लेखक प्रवीणसिंह विकले जैगडीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन्। साथै, जैगडीले पछिल्लो रुकुममा नवराज विक लगायतका अन्य युवाहरुको सामुहिक हत्याकाण्डका दोषीलाई कारबाही गर्न खेलेको महत्वपूर्ण भुमिकाको अधिकारकर्मी तथा लेखक प्रवीणसिंहले प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस