बालुवाटार बिरोधमा हजारौं युवाहरु सहभागि छन्।
नेपालमा बन्दाबन्दी छ। जनतामा सरकारप्रति निराशा पैदा भएको देख्न सकिन्छ। सरकारले कोरोना नियन्त्रणका लागि दश अर्ब खर्च गरेको बताएपनि अवस्था झन् झन् नाजुक बन्दै गरेको छ।
प्रदर्शकारीहरु नाराहरु रोचक देखिएका छन्– “प्रहरी हाम्रो मामा होः भान्जा/भान्जी कुट्न पाइदैन”। “चिया छानेको दश अर्ब पचाउन कति जानेको” – लगायत नाराहरु देख्न सकिन्छ।