• २०७७ कार्तिक ८ गते शनिवार

भारतीय मिडियाः जसले तथ्यहिन समाचार दिइरहेका छन्

नेपाल–भारत सीमा विवादपछि भारतीय मिडिया नेपालबिरुद्ध बिभिन्न अफवाह फैलाइरहेका छन्। लिम्पियाधुरा, लिपुलेक र कालापानी बारे उत्पन्न विवादलाई भारतीय राजनीतिक बृत्त र मिडियाले सकारात्मक तवरले बुझ्ने वा समाचार प्रकाशन गर्ने चेस्टा समेत गरेनन्। उल्टै, नेपालसँग चिनियाँ पक्षलाई जोडेर स्रोतको हवाला दिर्दै, आरोपहरु थ्रुपार्ने प्रयास जारी छ।

सांसद सरिता गिरीले नेपालको राष्ट्रिय एकताबिरुद्ध बोल्दा नेपालमा आलोचना भएपनि भारतीय मिडियामा राम्रो स्थान पाएकी छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बिरुद्ध उनकै सांसद, लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्ने थप प्रमाण नभएको गिरीको भनाई जस्ता हेडलाइनहरुमा समाचार प्रकाशित छन्। संसदमा नेपाली राजनीतिक पार्टीहरुको एकताले चुपचाप भारतीय मिडिया सांसद गिरी र बालुवाटार प्रदर्शनले पुनः तातिन थालेका छन्। नेपालमा सरकारबिरुद्धको बिरोध स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्न ताकेता खारेज गर्नुपर्ने लगायतका मागसँग सम्बन्धित छ। यता, प्रधानमन्त्री ओलीको अलोकप्रियता ढाकछोप गर्न सरकारले नयाँ नक्सा जारी गरेपछि सरकारबिरुद्ध आन्दोलन सुरु जस्ता तथ्यहिन कुराहरु मिडियाले सन्देश दिन खोजेका छन्।

नेपालमा बन्दाबन्दी जारी छ। संकटमा पनि सरकारका जिम्मेवार मन्त्री वा अधिकारीहरु भ्रष्टाचारमा मुछिएका आरोपहरु लागेको सत्य हो। तर, सरकारबिरुद्ध प्रदर्शनको अर्थ भने भारतीय मिडियामा तोडमोड गरेर प्रचारित भइरहेको छ। नेपाल सरकार कोरोना भाइरस नियन्त्रण गर्न पूर्णरुपमा असफल भएपछि नक्सा राजनीति गरेको भन्दै युवाहरु ओलीबिरुद्ध सडकमा आएका समाचारहरु भारतीय मिडियाका लागि थप मसला बनेको छ। प्रधानमन्त्री ओलीको अपादर्शी सरकारी नीति र युवाहरुको सरकारी काम–कारबाहीप्रति बितृष्णले छिमेकमा भने मूल मुदा लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सामा अफवाह फैलाउने स्रोत बनेको छ।

कतिपय मिडियाको भारतमा पनि तिब्र आलोचना हुने गरेको छ। आजतक, जीज्यूज, एबीपी, दैनिक भास्कर, अमर उजला लगायत भारतीय कांग्रेस र मुस्लिम समुदायबिरुद्ध प्रचारित हुने माध्यम जस्तै बनेका छन्। कांग्रेस त यी मिडियामा पार्टीको तर्फबाट सहभागिता नै नजनाउने निर्णय गरेको छ। कारण, पत्रकार–प्रस्तोता नै भाजपा र आरएसएसकै पक्षमा लाग्छन् र बिपक्षीका मुदा कमजोर बनाउँछन्। यी सामाजिक सञ्जालमा चर्चापरिचर्चा भएपनि भारतीय मूलधाराका मिडिया भने होइनन्। टाइम्स अफ इन्डिया, द हिन्दु, हिस्तुस्तान टाइम्स, दैनिक जागरण, एनडीटिभी, द इन्डियन एक्सप्रेस, आउटलुक इन्डिया, बीबीसी हिन्दी लगायत भारतका सर्वाधिक लोकप्रिय र स्वतन्त्र मिडियाहरुका समाचाहरु सन्तुलित नै देखिन्छन्।

प्रतिक्रिया दिनुहोस