• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेपालसँगको सम्बन्ध थप फराकिलो बनाउने भारतको भनाई

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँगको प्राविधिक, मेडिकल र मानवीय सहायतालाई कोरोना भाइरस महामारीका बेला थप फराकिलो बनाएको जानकारी दिएका छन्।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय अतिक्रमण हटाउने कदम थालिसकेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले यस्तो बताएका हुन्।

श्रीवास्तवले दुई देशबीचको बहुआयामिक सम्बन्ध साझेदारी मानवीय, विकास र ‘कनेक्टिभिटी’को क्षेत्र भारतले थप फराकिलो बनाउँदै लगेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस