• २०७७ कार्तिक ८ गते शनिवार

कम्युनिष्टलाई भ्रष्टाचार अन्त्य गर भन्नु र बाँदरलाई मकै हेर्ने जिम्मा दिनु एकै हो !

अन्तर्राष्ट्रिय साझा सद्भाव समूह भारतका संयोजक तथा भ्रष्टाचार बिरुद्धका अभियन्ता गंगाप्रसाद भट्टराईले कम्युनिष्ट सरकारले कोरोना महामारी संकटका बेला पनि भ्रष्टाचार गरेका समाचारहरु एक–एक गरेर बाहिर आउँनु दुःखद पक्ष भएको बताएका छन्। “जनतालाई लकडाउनमा घरभित्रै हुलेर सरकार औषधि खरिद गर्दा होस् या राहत बाँड्ने रकमका सन्दर्भमा – जनस्तरबाटै बालुवाटार पुगेर सरकारबिरुद्ध प्रदर्शन गर्ने अवस्था आउँनु सरकार पूर्णरुपमा विफल भएको संकेत हो” – भट्टराईले भने।

काण्डै काण्डको जलोमा फसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्य त, के भ्रष्टाचारको बिरोधपनि गर्न नसक्ने अबस्थामा रहेको तर्क गरे। “बोल्न त जो पनि बोल्छ, उहाँ पनि बोलिरहनुभएको छ। खै त ७० करोड काण्ड” – उनले प्रन गरे।

पछिल्ला केहि घटनाहरुको समिक्षा गर्दै भट्टराईले सरकारले कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित जोगाउँनबाट चुकेको आरोप लगाए। भारतबाट आएका नेपालीहरुले कोरोना ल्याएर आए भन्ने खालका अभिब्यक्ति नदिन समेत प्रधानमन्त्री ओलीलाई उनले आग्रह गरे। “के भारतमा रोजगारी गर्न आएका नेपालीहरु नेपाली होइनन् : संकटको बेला देशमा जानु प्रवासीहरुको गल्ती हो” – उनले भने। एक प्रंसगमा भट्टराईले पुरानो कुरा स्मरण गर्दै – संकटमा समेत भ्रष्टाचार गर्ने अहिलेको कम्युनिष्ट सरकारबाट जनताले भ्रष्टाचारको अन्त्यको अपेक्षा गर्नु र जंगलबाट बाँदर ल्याएर मकैबारीको संरक्षणका लागि जिम्मेवारी दिनु एकै हुने ब्याङगे पुनः दोहो¥याए।

प्रतिक्रिया दिनुहोस