• २०७७ कार्तिक १४ गते शुक्रवार

जनताका नेता – जसले संकटका बेला सरकारी सुबिधा फिर्ता गरे

नेपाली कांग्रेस तथा कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाही यतिबेला निकै चर्चामा छन्। संकटको बेला सरकारी सुबिधा फिर्ता गरेपछि नेता शाहीको चारैतिर तारिफ भएको हो। अहिले देशैभरी नेता शाहीको चौतर्फी प्रंससा सुरु भएको छ। उनले कर्णाली प्रदेश विपक्षी दलको नेताको हैसियतमा उपलब्ध भएको गाडी फिर्ता गरेका हुन्।

यतिबेला देश कोरोना भाइरस (कोभिड–१९) को त्रासमा बाँचिरहेको छ। कोरोना महामारीबाट कर्णाली प्रदेश पनि टाढा छैन। प्रदेश सरकारको कमजोर ब्यवस्थापनले कर्णालीमा त्रास फैलिएको विज्ञहरुले बताएका छन्।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या बढिरहेको र क्यारेन्टाइनहरु अस्तब्यत भएका गुनासाहरु आइरहेका बेला नेताहरु राजकीय सुविधाभन्दा कोरोना ब्यवस्थापनमा जुट्नुपर्ने नेता शाहीको भनाई छ। नेपाल न्यूज दैनिकको कुराकानीमा उनले गाडीमा लाग्ने खर्च कोरोना बिरुद्ध लड्न ब्यवस्थापन गर्नुपने बताए। “अहिले महङ्गो गाडी चढ्ने बेला होइन” – उनले भने। संविधानमा प्रदेश उपसभामुख सरह प्रमुख प्रतिपक्ष दलका नेता सुबिधा पाउने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस