• २०७७ कार्तिक १३ गते बिहिवार

जीवनका पाइलाहरू

खै! थाहा छैन मलाई
यी जीवनका पाइलाहरू
कुन मोडमा पुगेर विश्राम गर्ने हुन्

यो प्रकाशमय रवि
अझै थाकेको छैन
आफ्नो दायित्वमा दृढता जमाउँदै
अडिग बनेर उदाइ रहेको छ
मेरो सदनको छत माथि

त्यो कलकलाउँदो झर्ना
हुरी र बतासको सामना गर्दै
आफ्नो लक्ष्यमा निरन्त दौडिएको छ
स्वतन्त्रका साथ

यी पाइलाहरू पनि
पंक्षी झैँ स्वतन्त्र हिँड्न खोज्छन्
नदी झैँ निरन्तर दौडिन खोज्छन्
रवि झैँ समयमा अस्ताउन खोज्छन्
गन्तव्यलाई साथमा अँगालेर।

प्रतिक्रिया दिनुहोस