• २०७७ कार्तिक ४ गते मङ्गलवार

नगरसेवक हरिश्चंद्र आमगावकरको निधनमा, शिवसेना शाखाप्रमुख थलारीद्धारा शोक व्यक्त

मीरा भायन्दर शिवसेना नगरसेवक हरिश्चंद्र अमगांवकरको ठाणेको होराइजन अस्पतालमा निधन भएको छ। मीरा भायन्दर शहर शिवसेना नगरसेवक आमगांवकरको ठाणेको एक अस्पतालमा उपचार भइरहेको थियो।

अमगांवकरको निधनपछि, शिवसेना पक्षले मीरा भायन्दरमा एक साहसी नेता गुमाएको शिवसेना मीरा भायन्दर शाखाप्रमुख (प्रभाग क्र. १९) राजेन्द्र थलारीले जानकारी दिए। शाखा प्रमुख थलारीले निधन भएका नेता अमगांवकरलाई श्रद्धाञ्जलि र परिवारमा समवेदना समेत प्रकट गरेका छन्। नगरसेवक आमगावकरको निधनप्रति शाखाप्रमुख थलारीले गहिरो शोक व्यक्त गरेक छन्।

निधन भएका नेता आमगांवकर मीरा भायन्दर शहरका लोकप्रिय र चर्चित नेता हुन्।

प्रतिक्रिया दिनुहोस