• २०७७ कार्तिक १५ गते शनिवार

नागरिकको सुरक्षा गर्न सरकार गैरजिम्मेवार बन्यो

बिवशमा अलपत्र परेका नागरिकलाई सरकारले समयमा नै नेपाल भित्र्याएको भए आज यस्तो संकट हामीले मोल्नुपर्ने थिएन।

कोरोना माहामारी भन्दा दुई तिहाइ कम्युनिस्ट सरकार नेपाली जनताका लागि बडि बिषाणु र घातक देखिन्छ। जब कोरोना भाइरस सुस्त गतिमा फैलिदै थियो – सरकार सुतेर बस्यो पीडित नागरिकका कुरा सुन्नै चाहेन।

कोरोना जब तिब्रगतिमा फैलियो – बिना परिक्षण धमाधम नागरिक भित्र्याएर राष्ट्रवादको खोल ओड्ने दाउमा मात्रै लाग्यो। यो सरकार नागरिकको सुरक्षा गर्न रत्तिभर सरकार गैरजिम्मेवार बनेको स्पस्ट देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस