• २०७७ कार्तिक ४ गते मङ्गलवार

मुम्बईबाट सुस्ता जाँदै गरेका एक युवकको सुनौलीमा मृत्यु

भारतको मुम्बईबाट सुस्ता फर्किदै गरेका एक नेपाली युवकको मृत्यु भएको छ।

नवलपरासी पश्चिमको सुस्ता घर भएका ३५ वर्षीय युवकको सुनौलीमा मृत्यु भएको बताइएको छ। मृतक युवक मुम्बईबाट अन्य तीन जना साथीसँग बसमार्फत सुनौली पुगेका थिए ।

स्थानीय प्रहरी चौकीका अनुसार सुनौली बजारमा बसेका उनले बिहान एक्कासी वान्ता गरेका थिए। वान्ता गरेपछि उनको मृत्यु भएको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस