कालिकोटमा करिब ३९ जना यात्रु बोकेर क्वारेन्टाइन तर्फ हिडेकाे टिपर कर्णाली नदीमा खसेको छ।
टिपर भारतबाट आएका नागरिक बाेकेर क्वारेन्टाइन जाँदै गरेकाे बेला नदीमा खसेको स्थानीयले बताएका छन्। जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लाँदै थियो।
कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय महेन्द्र बहादुर शाहीले जानकारी दिए।